एटलान्टामाथि पीएसजीको सानदार जित, २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा !

एटलान्टामाथि पीएसजीको सानदार जित, २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा !

काठमाडौँ, साउन २९ । इटालियन ‘सिरि ए’ क्लव पिएसजी २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । गएराती भएको खेलमा एटलान्टालाई २–१ गोलले पराजित गर्दै पिएसजी सेमिफाइनल प्रवेश गरेको हो ।

पिएसजीले दुबै गोल खेलको अन्तिम समयमा गरेको हो । पिएसजीलाई जितमा फर्काउनका लागि मार्किन्होस र चोपो मोटिङले क्रमशः ९० र ९३ औँ मिनेटमा गोल गरेका थिए ।

शुरुवातमा निकै कमजोर देखिएको पिएसजी अन्तिम समयमा आक्रमक बनेको थियो । टोलीको कमजोर डिफेन्सको फाइदा उठाउँदै एटलान्टाले २६ औँ मिनेटमा गोल गरेको थियो । एटलान्टाकाका लागि मारियो पसालिसले गोल गरेका हुन् । दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारको जोडीले दोस्रो हाफभर एटलान्टाको डिफेन्सलाइ ब्यस्त राखेको थियो ।

खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।

युरोपेली क्लब फुटबलमा राज गर्ने उद्धेश्य सहित पीएसजीले नेमयारलाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको थियो । जसको प्रभाव बुधबारको खेलमा देखियो । उनले खेलमा दुई सुन्दर अवसर गुमाएका थिए ।तर पीएसजीले गरेका दुवै गोलमा उनको योगदान थियो ।

सेमिफाइनल पिएसजीले एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ ।

Trending News