नेप्से परिसुचक १६.५१ अंकले घट्यो, १ अर्ब कारोबार

दियोपोस्ट संवाददाता

काठमाडौं, साउन २९। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पाचौँ दिन आज (बिहिबार) घटेको छ । आज नेप्से १६ दशमलव ५१ अंकले घटेर १ हजार ४०८ दशमलव ७९ विन्दुमा कायम भएको हो ।

कोरोना भाइरस बढेसँगै सेयर बजार घट्दै गएको छ। सुचक घटेपनि कारोबार रकम भने बढेको छ। कारोबार भएका १ सय ९१ कम्पनीको ३४ लाख ९ हजार ४ सय ६१ कित्ता सेयरको १ अर्ब ७ करोड ४३ लाख बराबरको कारोबार भएको छ।

विहिवारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ। कम्पनीको ७ करोड ३३ लाख २४ हजारको सेयर कारोबार भएको छ।

सम्बन्धित खबर

सिफारिस