कोरोना महामारीबीच स्वास्थ्यकर्मी माथि दुर्व्यबहार गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन !

दियो पोस्ट  

काठमाडौं, ७ भदौ । कोरोना भाइरस कोभिड १९ विरुद्ध पहिलो मोर्चामा रहेर अनवरत रुपमा खटिईरहेका स्वास्थ्यकर्मीमाथि नै दुर्व्यवहारको घटना बढेपछि गृहमन्त्रालय एक्सनमा उत्रिएको छ ।

गृहमन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएको छ ।


‘‘स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरुबाट दुर्व्यहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्त र्का हुन र गर्न नदिन तथा संलग्न हुनेहरु उपर तत्काल कानुन बमोजिम कारबाही हुन मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको छ,’ गृहमन्त्रालयद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर