काठमाडौ, ८ भदौ । सेयर बजार परिसुचक १४ सय ३१ दसमलव ६० अंकमा चढेको छ । आज बजार परिसुचक २१ दसमलव २६ अंकले उकालो लागेर बजार परिसुचक उक्त अंकमा पुुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५९ अंकले उकालो लागेर दुई सय ९३ दसमलव १४ अंकमा चढेको छ । आज कुुल एक सय ८२ वटा कम्पनीहरुको कारोवार भएकाछन ।
जसअनुुसार २७ हजार पाँच सय ६६ वटा कारोवारमा ४९ लाख २४ हजार दुुई सय ८९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब १३ करोड ९२ लाख दुुई हजार ७५ रुपैयाँको कारोवार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार होटल समुहको सुचक एक दसमलव ४३ अंकले ओरालो लागेर १५ सय १९ दसमलव ७० अंंकमा झरेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक उकालो लागेकाछन ।