एजेन्सी । आफ्नो स्वास्थ्यलाई कारण देखाएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका जापानका प्रधानमन्त्री सिन्जो आवेले खराब स्वास्थ्य भएको व्यक्तिले सहि राजनीतिक निर्णय लिन नसक्ने बताएका छन् ।
६५ वर्षीया आबेलाई अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र उनको मनस्थिति समेत बिग्रिएकाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ।
यता, जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार उनले आफ्नो सरकारको लागि समस्या निम्त्याउन नचाहेको भन्दै राजीनामा दिएको बताएको छ ।
‘मेरो खराब स्वास्थ्यले गलत राजनीतिक निर्णय लिन हुँदैन । जस्तो की मैले अब जापानको जनादेशको अपेक्षा पुरा गर्न सक्षम छैन । मैले अब प्रधानमन्त्रीको रुपमा नरहने फैसला गरेको छु । त्यसैले मैले यो पद छाडेको हुँ,’ उनको भनाई उदृत गर्दै वासिङटन पोष्टले लेखेको छ ।
भावुक हुँदै आवेले भनेका छन्,‘म निकै भारी दिलका साथ भन्दै छु । मैले त्यो चिज प्राप्त गर्नु अघि नै राजिनामा दिइरहेको छु । जो कोही पनि यो ठाउँमा आउनुहुनेछ । उहाँले त्यो कामलाई अघि बढाउन सफल हुनेछ भन्ने आशा छ ।’