काठमाडौँ, १४ भदौ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले बहिर्गमन भिसा खुला गरेको छ । त्यस्ता नेपालीलाई कागजातसहित निवेदन दिन आग्रह गरेको छ ।
दूतावासले आइतबार सूचना जारी गर्दै साउदी अरेबियामा कार्यरत रहँदा शुरुदेखि नै ईकामा नबनाइदिएका वा पाँच महिना भन्दा लामो समयदेखि ईकामाको म्याद गुज्रेका कामदारले निवेदन दिन सक्ने जनाएको छ ।
साथै, कार्यरत कम्पनी छोडेर अर्को ठाउँमा गएका कामदारले पनि स्वदेश फर्कन बहिर्गमन भिसा लगाउनु पर्ने भएमा कागजातसहित दूतावासमा निवेदन दिन सक्नेछन् ।
निवेदन दिन ०५०००२१४०९ मा ह्वाट्स एपमार्फत् कागजात पठाउन सकिने दूतावासले जनाएको छ । उक्त भिसा प्राप्त गर्न निवेदनका साथ पासपोर्टमा आफनो फोटो रहेको पाना पठाउनु पर्ने छ ।
ईकामा नबनाएको भए साउदी अरेबियामा आउँदा एयरपोर्टस्थित अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर पठाउन दूतावासको अनुरोध छ ।