कोरोना संक्रमणबाट ग्राण्डी अस्पतालमा वीरगञ्ज महानगरका मेयर सरावगीका पिताको मृत्यु

काठमाडौं, १५ भदौ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा एक कोरोना सक्रमितको निधन भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीका पिता चिरञ्जीवीलाल सरावगी रहेका छन् ।

ग्राण्डीमा उपचाररत उनको गएराती १२ बजेर ५ मिनेटमा निधन भएको सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले जनाएका छन् । ७८ वर्षिय मृतक चिरञ्जीवीलाल कोरोना भाइरस कोभिड १९ बाट संक्रमित थिए । मुटु र मृगौलोको जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । केही दिनअघि उनका छोरा तथा महानगरका मेयर सरावगी समेत कोरोना संक्रमित बन्न पुगेका थिए ।

Trending News