तस्वीरमा नयाँ सिडिओ पुण्य विक्रम पौडेल
दियोपोस्ट संवाददाता
धादिङ, १५ भदौ । जिल्ला प्रशासन कार्यालय धादिङले मास्क लगाएको व्यक्तिलाई समेत ‘मास्क नलगाएको’ भन्दै जबरजस्ती चिट काट्ने गरेको पाइएको छ ।
सोमबार विहान मास्क लगाएरै मोटरसाइकलमा औषधी बोकेर गएका बालकृष्ण खत्रीलाई जिल्ला प्रशासन कार्यालय धादिङले खटाएको प्रहरीले बीच बजारमै रोकेर चिट कटाएको पाइएको हो ।
‘मास्क लगाएकै छु भनेको थिएँ ।
प्रहरीले नो नो चिट काट्नुपर्छ भन्नु भयो । म त बागको मुखमा परेको कालिज जस्ततो भएँ,’ खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।
खत्रीले दियोपोस्टसँग बताए अनुसार उनले मास्क लगाएको स्थानियले समेत देखेका थिए । तर, पनि प्रहरीले जबरजस्ती उनलाई १०० रुपैयाँ लिएर चिट कटाएको उनको आरोप छ ।
यद्धपी यसअघि जिल्ला प्रहरी कार्यालय धादिङले मास्क नलगाई हिँड्नेलाई मास्क वितरण गर्ने भनेको थियो । तर, प्रहरीले मास्क लगाएकै व्यक्तिलाई मास्क नलागएको अभियोगा चिट्टा कटाएको छ ।
चिट काटेको विषयमा दियोपोस्टले सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी रुद्र बहादुर मल्ललाई बुझ्दा उनले केही बेरमा बुझेर प्रतिक्रिया दिने बताए ।
धादिङमा केहिदिनअघि मात्रै नयाँ सिडिओको रुपमा पुण्य विक्रम पौडेल सरुवा भएर आएका छन् । उनी आएपछि प्रशासनको यस्तो रबैया सार्वजनिक भएको हो ।