कोरोना संक्रमणबाट ४ वर्षिय बालिका सहित ७ जनाको मृत्यु पुष्टि !

दियो पोस्ट  

काठमाडौं, १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निधन भएको छ ।

मृत्यु हुनेमा ४ वर्षिय एक बालिकासहित २ महिला र ४ जना पुरुष रहेका छन् ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीका ४ वर्षिय एक बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षिय महिलाको निधन भएको हो ।

त्यस्तै झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या २ सय २८ जना पुगेको छ ।

TATA ADD