भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २०, २०७८ | १५:३३:४०

काठमाडौंं, २० साउन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष ०७७र७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो ।

मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पु¥याएको थियो । तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौँडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का प्रमुख बद्री पाठकले जानकारी दिनुभयो ।

पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग ९जाइका० र एशियाली विकास बैंक ९एडीबी०का तर्फबाट ३४ वटा छन् । विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको छ ।

पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ । सोमध्ये आव २०७३र७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४र७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

आव २०७५र७६ ९प्रथम० मा ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५र७६ ९दोस्रो०मा ५१ विद्यालय भवनका १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो । यस्तै २०७६र७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो ।

उक्त कार्यक्रम आव २०७७र७८ मा निर्माण भएको कार्यालयले जनाएको छ । यस्तै आव २०७७र७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो ।

जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ । त्यस्तै सङ्घसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो ।

एकाइका प्रमुख पाठकका अनुसार आव २०७७र७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी १४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । हाल ३४ विद्यालयका २८२ कक्षाकोठा निर्माणाधीन छन् । हाल एडिबीको ऋण सहयोगमा थप चार विद्यालय निर्माणका लागि बोलपत्र प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ ।

यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय ९शिक्षा० को खर्च प्रगति उल्लेखनीय भएको पाइएको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को भौतिक प्रगति ९८।२० प्रतिशत रहेको जनाएको छ ।

यसैबीच जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयमध्ये १३८ विद्यालयमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेको र आवश्यकता नभएका जस्ता कारण भौतिक निर्माण कार्यक्रम समावेश गर्न सकिएको अवस्था छैन ।

विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो । रासस

सम्बन्धित खबर