माधव पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना बढी सहभागी

दियो पोस्ट  

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधव नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएका छन् ।

माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दिएका छन् ।

यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ ।

आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।