काठमाडौं, २१ साउन । पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।
यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३।७ प्रतिशत रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ ।
त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।