कल बाइपासका अभियुक्तले उठाउँथे केपी ओलीका लागि विद्युत प्राधिकरणबाट वार्षिक ७५ करोड !

diyopost.com
दियो पोस्ट  शनिबार, साउन २३, २०७८ | ०:५०:५८

काठमाडौं, २२ साउन । सर्वोच्च अदालतको आदेशपछि सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारलाई ‘फिरौती असुली’कोअखाडा नै बनाएको रहस्य खुलाशा भएको छ ।


प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय बनाएको भन्दै चौतर्फी आलोचना भएपनि उनले निवासलाई फिरौती उठाउने अखडा बनाएको विषयमा भने कहिँ कतैबाट आवाज नै उठेको थिएन । ओलीले बालुवाटारबाट मासिक रुपमा पैसा उठाउन एक जना विवादास्पद पात्रलाई विभिन्न निकायमा खटाएको फेला परेको छ ।


ती पात्र भिओआइपी कल बाइपासमा सन् २०१० जनवरीमा पक्राउ परेका विवादास्पद व्यक्ति मनेन्द्रराज मल्ललाई खटाएको स्रोतले बताएको छ । ‘बालुवाटारमा मल्ल मात्रै’ भनेर चिनिने उनलाई ओलीका विश्वास पात्र तथा राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणमा खटाएका थिए । उनले प्राधिकरणमा हुने ठेक्का प्रक्रियामा सेटिङ मिलाउने देखि बालुवाटारका लागि चन्दा उठाउने गतिविधि गर्ने गर्थे ।

‘उनले वार्षिक ७५ करोड रुपैयाँ बालुवाटारमा बुझाउनु पर्ने थियो,’ विद्युत प्राधिकरण उच्च स्रोतले दियोपोस्टसँग भने,‘विद्युत प्राधिकरणका एमडी हितेन्द्र शाक्य त डमी पात्र मात्रै थिए । सबैजसो निर्णयमा बालुवाटारको निगाह पाएका मल्ल भनिने मनिन्द्र राजकै जगजगी थियो ।’

मल्लले प्राधिकरणमा ‘प्रधानमन्त्रीको प्रतिनिधि बताउने गर्दथे । ‘प्रधानमन्त्रीको मान्छे मै हुँ भनेर एमडीलाई भन्थे । कर्मचारीको सरुवादेखि लिएर आयोजनाका पिपिएमा उसको हात हुन्थ्यो । फाइल कोटेशन र टेन्डरमा सबै मल्लकै हात हुन्थ्यो,’ प्राधिकरण उच्च स्रोतले दियोपोस्टसँग भन्यो ।
मल्लबारे तत्कालिन प्रधानमन्त्रीको स्वकिय सचिवालय सम्बद्ध स्रोतलाई बुझ्दा पनि उनले मल्लको भूमिका पुष्टि गरे ।

‘मल्लजीले विद्युत र दूरसञ्चार क्षेत्रबाट प्रधानमन्त्रीलाई सहयोग गर्नुभएको हो,’ ओली निकट स्रोतले भन्यो,‘एउटा देशको प्रधानमन्त्रीले जो सुकैबाट सहयोग लिनुपर्छ । यसलाई अन्यथा लिनु हुँदैन ।’


ती व्यक्तिका अनुसार मल्ललाई प्राधिकरणको जिम्मा भने ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले दिएका थिए ।

प्रधानमन्त्रीको तर्फबाट प्राधिकरणमा रजगज गर्ने ती पात्रले नै २०७६ सालमा सेटिङमा सर्वसाधरणको व्यक्तिगत गोपनियता धरापमा पार्ने उपकरण खरिदको ठेक्का पाएका थिए । तत्कालिन महाप्रबन्धक दिगम्भर झाको मिलेमतोमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ठेक्का सिंगापुरको नमस्ते ग्लोबल कम्पनिले पारेको थियो । उक्त कम्पनिका सञ्चालक मनिन्द्रराज मल्ल नै रहेका थिए ।

‘उहाँले बालुवाटारलाई एउटा ठूलो डनले रकम कलेक्सन केन्द्र बनाए जस्तैगरि सञ्चालन गर्नु भएको थियो,’ प्राधिकरणसँग सम्बद्ध ती व्यक्तिले भने,‘त्यसैले होला बालुवाटारबाट बालकोट सवारी हुँदा टोली गुण्डा निस्किए सरह स्कर्टिङ गराइयो । यसले पनि एउटा छनक दिन्छ ।’

सम्बन्धित खबर