संयुक्त विद्यार्थी संगठनद्वारा विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

diyopost.com
दियो पोस्ट  सोमबार, साउन २५, २०७८ | २३:१५:३३

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी सबैविद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जनकारी दिए।
साथै विद्यार्थी संगठनले विश्वविद्यालय मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरुमा स्वास्थ्य मादपण्ड अपनाएर परीक्षा अगाडि बढाउन पुन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षामा सहभागी हुन अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर