काठमाडौं, ५ भदौ । कलाकार सम्भु राज थापाको निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएको उनको ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको मृत्युभएको पुष्टि गर्दै कलाकार मरिचमान श्रेष्ठले सामाजिक सञ्जाल मार्फत मृत्यु भएको बताएका छन् ।
मेरी बासै, गोलमाल, भद्रगोल जस्ता टेलिसिरियलहरुमा आफ्नो हाश्यव्यङ्य प्रस्तुती दिदै आएका सम्भुराज थापा पछिल्लो समय उनि हल्का रमाईलो नामक टेलिसिरियलम ‘वखते दाइ’का रुपमा परिचित छन् ।
आर्थिक अवस्था कमाजोर भएका उनको उपचारको लागि पछिल्लो समय कलाकारहरुले उपचारका लागि रकम संकलन गर्दै आएका थिए ।