अफ्गानस्तानमा फेरी अमेरिकाद्वारा ड्रोन हमला

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १२, २०७८ | ११:४७:५९

बिबिसी : सैन्य अधिकारीहरुका अनुसार अमेरिकाले पूर्वी अफ्गानिस्तानमा ड्रोन हमला गरेको छ । स्लामिक स्टेट आइएस विरुद्ध ड्रोन हमला गरेको अमेरिकाले जनाएको छ । जसमा एक जना मारिएको जनाइएको छ । अमेरिकाले नंगहर प्रान्तमा आइएस समुहको योजनाकारलाई निशाना बनाइएको दाबी छ ।


आईएसले विहिबार काबुलमा हमला गरेको थियो । जसमा १३ जना अमेरिकी सैनिकसहित १७० जना मानिस मारिएका थिए । हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलन गरेर घटनाको दोषीलाई खोज्ने बताएका थिए ।

अमेरिकी अधिकारीहरुले संभावित हमलालाई आकंलन गर्दै आफ्ना नागरिकलाई विमानस्थल क्षेत्रबाट टाढा रहन निर्देशन दिएको छ ।


तालिवान अधिकारीहरुले विमानस्थल वरिपरि समेत नियन्त्रणमा लिएका छन् । अमेरिकन नागरिकहरुलाई उनीहरुले नियन्त्रणमा लिएका छन् ।

सम्बन्धित खबर