रेष्टुरेन्टको आवरणमा यौनधन्दा : ए वान रेष्टुरेन्टकी मालिक पोखरामा पक्राउ !

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र १५, २०७८ | २३:४८:१५

काठमाडौं, १४ भदौ । रेष्टुरेन्टको आवरणमा यौन धन्दा चलाएको अभियोगमा एक रेष्टुरेन्ट सञ्चालक पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा ६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षिय अस्मिता राई रहेकी छिन् ।

उनले रेष्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पु¥याउने वयटरको काममा लगाई दिन्छु भन्दै युवतीहरुलाई ललाई फकाई पार्नेदेखि डर त्रासमा समेत पारेर यौन शोषण गर्न बाध्य पार्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले मंगलबार इलामबाटै पक्राउ गरेको हो । ईलामको माई नगरपालिका वडा नं.८ चिसापानी स्थायी घर भएकी उनले हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ शान्तिनगरमा ए वान रेष्टुरेन्ट संचालन गर्दै आएकी थिइन् ।

उनलाई जिल्ला अदालतबाट ३ दिनको अनुमति लिएर प्रहरी हिरासतमा राखिएको छ । पीडित महिलालाई भने मनोपरामर्श दिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर