पूर्वखेलकुद मन्त्री दलजित श्रीपाली रुकुम पूर्वबाट संघीय सांसद उम्मेदवार सिफारिस

दियो पोस्ट  

काठमाडौं । पूर्व खेलकुद मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दलजित श्रीपाली रुकुम पूर्वबाट संघीय सांसद उम्मेदवार सिफारिस भएका छन् । आज बसेको रुकुम पूर्व जिल्ला कमिटिको बैठकले उनलाई आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका श्रीपाली पूर्व जनमुक्ति सेनाका डिभिजन सहायक कमाण्डर समेत हुन् । यसअघि समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनेका उनलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

प्रतिनिधि सभा तर्फ एउटै मात्र क्षेत्र रहेको रुकुम पूर्वबाट पूर्वमा अन्य प्रभावशाली नेताहरु समेत छन् ।

सम्बन्धित खबर