कीर्तिपुरमा मिटरब्याज पीडितमाथि प्रहरिद्वारा लाठिचार्ज, ६० जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विगत ४१ दिनदेखि न्यायका लागि तराईका विभिन्न ठाउँबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी रुपमा बसी माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो । प्रहरीले ६० जना पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर