विनोद चौधरीको हाइड्रोपावरद्वारा पर्वतमा अत्याचार : सरकारी जग्गामा टावर बनाएर ड्याममाथि तार !

दियो पोस्ट  

पर्वत । पर्वतको मोदी गाउँपालिका २ मा निर्माणाधिन मिडल मोदी जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणको ड्याममाथिबाट अवैध रुमा प्रशारण लाइन विस्तार गरेको छ ।

अर्बपति व्यापारी विनोद चौधरीको स्वामित्व रहेको सिजि इनर्जी ईन्फ्राईन्स्ट्रक्चर प्रा.लीद्वारा निर्माण भइरहेको उक्त जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणको सरकारी जग्गामा ट्रान्समिसन टावर समेत निर्माण गरेको छ ।
मोदी गाउँपालिका वडा नम्बर २ मा रहेको नेपाल विद्युत प्राधिकरणको ड्यामको ताल माथिबाटै चौधरी समुहले अवैध रुपमा तार विस्तार गरेर लगेको छ । चौधरी समुहले मिडिल मोदी आयोजनाका लागि निर्माणाधिन प्रशारण लाइनका लागि १ नम्बर टावर र २ नम्बर टावर रहेको निजी जग्गामा भने मुआब्जा वितरण गरेको छ । तर, ३ नम्बर टावरबाट ४ नम्बर टावर भने सरकारी जग्गामा निर्माण गरिएको छ । ३ नम्बर टावरबाट चार नम्बरमा जोड्ने प्रशारण लाइन नेपाल विद्युत प्राधिकरणको ड्याम रहेको तालको माथिबाट जाने गर्दछ । यसले सुरक्षा जोखिम बढाउने र दुर्घटनामा पर्ने स्थानियबासी बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणका पर्वत जिल्ला वितरण केन्द्र प्रमुख शिव गोशेलीले उक्त ट्रान्समिसन टावर १३२ केबिए क्षमताको रहेको र कसले कसरी किन अनुमति दियो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनका अनुसार प्राधिकरणको केन्द्रीय कार्यालयको मिलेमतोमा अनुमति दिइएको हो ।

चौधरी समुहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रभावमा पारेर यस्तो गैरकानुनी काम गरेको आरोप छ । यस विषयमा प्रतिक्रिया लिन मोदी गाउँपालिका २ का वडाध्यक्ष बेल बहादुर कार्कीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

 

सम्बन्धित खबर