साली बलात्कार गरेको आरोपमा एमाले निकट युवा संघका नेता थापा पक्राउ

दियो पोस्ट  

काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा रामेछापमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा रहेका छन् ।

 

उनले आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोप छ । उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । उनी गत मंगलबार पक्राउ परेका उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

उनले ती युवतीलाई भदौ २१ गते बलात्कारले गरेको छ । ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती करणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् ।

सम्बन्धित खबर