सटर बन्द गरेर व्यवसायी पलाएन

दियो पोस्ट  

काठमाडौं । दिङबेंसी बजार यतिखेर कयैं नियमित सञ्चालनमा भएका पसल बन्द भएको छ । आर्थिक मन्दीको प्रभाव पसलमा परेपछि सटर बन्द गरेर व्यापारीहरु पलाए भएका हुन् ।

पुछारबजार प्रहरीबिटबाट बीचबजार चोकसम्मको मूल सडकमात्र ७७ वटा सटर बन्द भएको छ । धादिङबेंसीका आर्थिका गतिविधि अत्यन्त न्यून छ । व्यापार नभए पछि पसल बन्द गरेर पलाएन हुन बाध्य भएको व्यवसायी राजकुमार श्रेष्ठ बताए । होटल, किराना, मोबाइल, कपडा पसल बन्द भएको छ । ‘बैंकहरुले लगानी गर्न छोडेको लामो समय भयो । विकासका बजेट कार्यान्वयनमा कमी आएको छ । नागरिकहरुले आम्दानी गर्ने व्यवसाय र रोजगारी पाएका छैनन् । जसले गर्दा खर्च गर्नेहरुसँग पैसा नभएका कारण पसलहरु धमाधम बन्द भइरहेको छ ।’ धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले बताए । धादिङबेंसी क्षेत्रका २ सय ५० भन्दा बढी साना –ठुला पसल बन्द भएका छन् ।

तुलनात्मक रुपमा धादिङबेंसीका सटरभाडा र घरभाडा बढी भएको र आर्थिक मन्दी भएको समयमा भाडा तिर्न नसक्ने अवस्थामा पसल छाडेर व्यवसायी पलाएन भएको उनको कथन छ ।

नागरिकलाई घरखर्च जुटाउन समस्या भएकाले खर्च गर्ने पैसा नभएका कारण बजारमा खर्च गर्न समेत छाडेका छन् । सरकारले गर्ने विकास खर्च तेल, डोजर, रङ जस्तापाता आदीको रकमसमेत विदेश जाने गरेपछि आर्थिक मन्दी बढ्दै गएकाले जनता र विकासको काममा लाग्नुपर्ने सामजिक कार्यकर्ता शिवराज सापकोटाको भनाई छ । आर्थिक मन्दीले ग्रस्त हुँदा पनि सरकारले आर्थिक गतिविधि बढ्ने कुनै योजना भने ल्याउन सकेको छैन ।

आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।

TATA ADD