३० देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै

दियो पोस्ट  

काठमाडौं । हिन्दु–प्रशांन्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गते सम्म भारतको राजधानी नँयादिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ ।

सम्मेलमा ३० भन्दा बढी देशका प्रधानसेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीले बताएका छन् । सम्मेलको मुख्य उद्देश्य हिन्दु–प्रशान्त क्षेत्रका मुलुकबीच समझेदारी एंव सहकार्य, विचार आदाप्रदान र आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एंव आपराधिक गतिविधि हुन नदिन सूचना आदाप्रदान, यस क्षेत्रमा शान्ति एंव स्थायित्व प्रवद्धन, आपसी समझदारी र संवादको प्रक्रियालाइै निरन्तर रुपमा अघि बढाउन सम्मेलन महत्त्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ ।

सम्मेलनमा अमेरिकि, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एंव तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

TATA ADD