
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जनाएको छ ।
सो सिक्का १० ग्राम र २५ ग्रामका दुई किसिमका रहेका छन् । उक्क्त सिक्का आइतबारदेखि बिक्री टकमरी गरी बिक्री गर्न लागेको हो ।
१० ग्राम तौल भएको सिक्काको १ हजार ६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ पर्ने महाशाखाले जनाएको छ । दुवै सिक्कामा ९९९ को टचको चाँदी प्रयोग गरिएको छ ।
बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिइएको थियो ।