प्रधानमन्त्रीको चीन भ्रमणः नेपाल र चीनबीच १३ वटा सम्झौतामा हस्ताक्षर

दियो पोस्ट  

काठमाडौं । नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीचको द्विपक्षीय वार्ताका क्रममा १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा सम्झौताहरुमा हस्ताक्षर भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदान–प्रदान भएको छ ।

सम्झौताको आधिकारिक जानकारी दुवै पक्षको संयुक्त वक्तव्यमार्फत् जानकारी गराइने जनाइएको छ।