भारतबाट पोखरा सिधा उडान गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतबाट सिधै पोखरामा हवाई सेवा उडान गर्न आग्रह गरेका छन् । विश्व प्रयर्टन दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।

पोखरामा विगत नौ महिनाअघि निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अधितम प्रयोग गरी प्रदेशको पर्यटनको गतिविधिलाई थप चलायमान बनाउन पनि भारतका केही प्रदेशबाट सिधा हवाई उडान गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरेका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो तार्गेट भारत लक्षित कार्यक्रम हुनुपर्छ, भारत नजिकका प्रदेशबाट केही पर्यटकमात्र हाम्रो प्रदेशमा ल्याउन सके यसले प्रदेशको आर्थिक विकासमा फट्को मार्न धेरै मद्दत पुग्छ ।’ भारतीय राजदूतमार्फत उक्त विषयमा पहल गर्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले भारतबाट सिधै पोखरा आउने वातावरण भएमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग हुने बताए । लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटनको समेत विकास हुने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।
सहयोग आवश्यक भएको बताउँदै उनले मुक्तिनाथ मन्दिरबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गरे । भारतका ठुला र चर्चित धार्मिक गुरुलाई नेपाल ल्याउने योजना सरकारको रहेको उनले बताए । पोखरा– मुग्लिङ सडकखण्ड समयमै सक्ने गरी कामलाई द्ुत गतिमा अघि बढाउन संघिय सरकारसमक्ष आग्रह गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

आजको कारोबार पत्रिकामा खबर छ ।