नेपालका गाईगोरु पुग्न थाले बङ्लादेश–तस्करसंग प्रहरीको सेटिंग

गोरु तस्कर संग प्रहरीको सेटिङग चक्र

- बिबेक गाहा  

झापा – प्रशासन मौन बसिदिदा पूर्वी नेपालको झापा हुदै गाईगोरुको तस्करी मौलाएको छ ।
केहि वर्ष देखि भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार कार्यमा प्रतिबन्ध लगाएपछि तस्करहरुले पूर्वी नेपालकोे सिमाबाट गाईगोरु तस्कर गर्न थालेका हुन ।
यस क्षेत्रबाट गाईगोरु तस्करी गरी भारततिर लैजाँदा दुई वटा मुलुकमा सहजै बिक्री गर्न सकिने भएकाले पनि तस्करहरुले पूर्वी नेपालको दक्षिणी नाकाको प्रयोग गर्न थालेका छन् ।
झापाको पश्चिम क्षेत्र सिराहा ,सप्तहरी, सुनसरी र केहि पहाडी भूभागबाट तस्करहरुले रातको १२ बजेदेखि बिहानको झिस्मीसे उज्यालो नहुदै सोही जिल्लाको कन्काई नगरपालिका स्थित घैलाडुब्बामा गाईगोरु ल्याइपुर्याउने गरेका छन् ।
यसरी ल्याइएका गाईगोरु राजगढ हुँदै जनता बजारको पूर्वी भित्री भाग बाट पिकअप भ्यानको सहायतामा भारत संग जोडिएका सिमा क्षेत्र नक्कलबन्द ,बाहुनडागी ज्यामिरेगढी ,कचनकवल हुदै भारत तर्फ लग्ने गरेका छन् ।


मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ ले यस्तो कार्य गरेको पाईएमा तिन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था रहेको छ ।
तर, दिनहुँ जसो यस क्षेमा भैरहने गाईगोरु तस्करीमा प्रहरी प्रशासनकै मिलेमतो हुने गरेको पाईन्छ । “बढ्दो गोरु तस्करी रोक्थामको लागि प्रहरीलाई सुचना दिदा प्रहरी मौन बस्ने र तस्करहरुले सुचना दिने व्यक्तिलाई उल्टै धम्कीदिने गरेकाछन् ।” यस कुराले पनि गोरु तस्करीमा प्रहरी स्वयम् संलग्न रहेको कुरालाई पुष्टी गर्ने गरेको स्थानिय बताउन्छन् ।
यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन के.सीका अनुसार जिल्लामा गोरु तस्करी नहुने भन्ने होईन । यसको राक्थामको लागि प्रहरी पूर्णरुपमा लागेको छ । तर, खुल्ला सिमानाका भएका कारण यसलाई पुर्णरुपमा रोक्थाम गर्न भने गाह्रो रहेको उनी बताउन्छन् ।
यसरी नेपालबाट गाईगोरु मासुको लागि भारत तथा बङ्लादेश सम्म तस्करहरुले पुर्याउने गरेको जानकारहरु बताउन्छन् ।

गोरु तस्कर संग प्रहरीको सेटिङग चक्र
स्रोतका अनुसार सशस्त्र प्रहरी बल बाहिनी अड्डा १ नं गण सुनसरीका डीआइजी शम्भु सुवेदी प्रत्यक्ष गाईगोरु तस्करीमा संलग्न छन् । जिल्लामा तस्कर र उनी बिच पुलको रुपमा सघाउन उनले आफ्ना सहयोगी भुवन खड्कालाई प्रयोग गर्ने गरेको पाईएको छ । यता झापामा सशस्त्र प्रहरी बल २ नम्बर गण इन्सपेक्टर भीष्म सापकोटा र सुजन श्रेष्ठले तस्करीका मुख्य नाइके जिवन कार्की संग समन्वय गर्ने गरेको आरोप छ । यसरी प्रहरी र तस्करकै मिलेमतोमा नेपालबाट ठुलो संख्यामा दैनिकरुपमा गाई गोरु भारत लगिने गरेको छ ।
डीआइजी सुवेदीले सुनसरीमा आफ्ना विश्वासका पात्र इन्स्पेक्टर भुवन खड्कालाई खटाएका छन् भने, झापामा तस्करीसँग वातावरण मिलाउनले कार्यमा सशस्त्र प्रहरी बल २ नं गण इन्स्पेक्टर भीष्म सापकोटाको कमाण्डमा असई राजकुमार म्याङबो,अर्जुन कार्की, रामबहादुर कार्की र श्याम चौधरीको भुमिका मुख्य देखिन्छ ।
गोरु तस्करी कार्यमा संलग्न आरोप लागेका मुख्य नाईके जीवन कार्कीले राम गुरुङ, नन्दु थापा ,गणेश लिम्बु ,विशाल लिम्बुलाई यी दुई जिल्लामा परिचालित गरेका छन् ।