केन्याको एउटा विद्यालयमा आगलागी, कम्तीमा १७ विद्यार्थीको मृत्यु

दियोपोस्ट संवाददाता  

एजेन्सी । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ। आगलागीको कारण स्पष्ट भइसकेको छैन। त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्। केन्या रेड क्रसले विद्यार्थी, शिक्षक र प्रभावित परिवारहरूलाई आफूले मनोसामाजिक सहयोग दिने जनाएको छ।

सहयोग आवश्यक पर्ने व्यक्तिहरू पहिचान गर्न उक्त संस्थाले सो विद्यालयमा एउटा टोली खटाएको छ। सन् २०१७ मा केन्याको राजधानी नाइरोबीमा छात्राहरू मात्र पढ्ने एउटा विद्यालयमा आगजनीको घटना हुँदा १० विद्यार्थीको जलेर मृत्यु भएको थियो। दुई दशकअघि नाइरोबीबाट दक्षिणपश्चिममा अवस्थित एउटा विद्यालयमा आक्रमणकारीहरूले आगो लगाइदिँदा कम्तीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो। उक्त घटना केन्याका विद्यालयमा भएका आगजनीमध्ये सर्वाधिक विनाशकारी थियो। सन् २०२२ मा पश्चिमी केन्यामा एउटा विद्यालयको छात्रावासमा आगो लगाएको आशङ्कामा केही विद्यार्थीहरू पक्राउ परेका थिए।

TATA ADD

सिफारिस