काठमाडौं । कक्षा १२ को परिक्षामा मेजर अंग्रेजी विषय अनुत्तिर्ण भएपछि प्युठान घर भएकी एक छात्रा ट्युसन सेन्टरको खोजीमा थिइन् । काठमाडौं महानगरपालिका वडा नमबर ३२ कोटेश्वरस्थित पाठशाला ग्रुप एफ एजुकेशन कन्सल्टेन्सी सेन्टरमा उनी पुगिन् । गत साउन २२ गतेबाट उनले सोही ट्युसन सेन्टरमा पढ्ने भइन् । ट्युसन सेन्टरमा पढाउने शिक्षक थिए सुनिल झा । झा शिक्षक मात्रै थिएनन् सोही पाठशाला एजुकेशनका संचालक समेत थिए । शिक्षक र कन्सल्टेन्सी संचालक देखिएका झा यौन पिपासु बनेर आए । ट्युसन भर्ना भएदेखि नै १७ वर्षिय ती बालिकामाथि पढाउने नाममा संवेदनशिल अंग स्तन छुने सुमसुम्याउने गर्न थाले । कतिपय बेला झाले ती बालिकाको गालामा किस समेत गर्न थाले । अति भएपछि ती बालिकाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दिइन् । उनै बालिकाको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गर्यो ।
पक्राउपछि प्रहरीले सिसिटिभी फूटेज समेत मगाएर अनुसन्धान गर्दा अर्को तथ्य भेटियो । झाले ट्युसन पढ्न आउने बालीका मात्रै होइन रिसेप्सनमै काम गर्ने एक महिलामाथि समेत जबरजस्ती करणी प्रयास गरेका रहेछन् । उनले समेत थप जाहेरी दिइन् । ती रिसेप्सनिस्टले दिएको जाहेरी अनुसार २०८१ साउन ३२ गते अन्दाजी ३ बजेर ३० मिनेटमा झाले आफ्नो क्याबिनमा बोलाएर जबरजस्ती करणी प्रयास गरेका थिए । ‘म जाने बित्तिकै निज सुनिल झाले कोठाको ढोका लगाई मलाई तानेर जबरजस्ती करणाी प्रयास गर्न खोज्दा मैले चिच्याए पछि मलाई छाडी दिई मैले ढोका खोली बाहिर निस्के पछि यो कुरा कसैलाई नभन्नु भनेपछि ठिक हुन्न भनेको हो,’ पीडितले जाहेरीमा भनेकी छिन् ।
यता प्रहरी समक्ष बयानका क्रममा झाले रिसेप्सोनिस्टमाथि मायालु पाराले कुममा हातराखी क्याबिनमा बोलाएको बयान दिएका छन् । उनले बाल यौन दुर्व्यवहार मुद्दामा पनि ईन्कारी बयान दिएका छन् । सरकारी वकिल कार्यालयले आज पेश गरेको अभियोग पत्रमा उनलाई बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी मुद्दामा सजाय माग गरिएको छ । तर, जिल्ला अदालत काठमाडौंका न्यायाधीश राम प्रसाद शर्माको एकल इजलाशले धरौटीमा छाड्न आदेश दिएको छ ।