काठमाडौँ – बेलुका ८ बजेको थियो । मदनभण्डारी नजिकै रहेको वैज्ञानिक समाजवादी पार्टी कार्यालयमा तिन जना साथी गफिदै बसेका थिए । धेरैबेर देखी परेको झरिले मौसम खराब थियो ।
कालिकोटका तुलराज वि.क (२६) बाजुराका निर्जन वि.क (२६) अनि देव वि.सी (२३) एक्कसी धोवी खोलाको छेउमा दोडिन थाले ।
यी तिन युवा सडकमा चिच्याउदै दौडिरहेका थिए । मान्छे बगायो ! मान्छे बगायो !
सडकमा गुडिरहेका सवारी चालक कसैले पनि उनिहरुको कुरालाई वास्ता गरिरहेका थिएनन् । बरु चर्को हर्न बजाईरहेका थिए । भारी वर्षासंगै धोवी खोलामा आएको बाढीले ट्याक्सी सहित चालकलाई पनि बगाएकाे रहेछ । त्याे देखेर ती युवा दगुरेका रहेछन् ।
खोला ठुलो भएकाले पानीको बहाव मात्र देखिरहेकाे थियाे । त्यसमाथी साझपखकाे अध्याराे । सडकमा सवार गाडिकाे उज्यालाेमा अन्दाज गर्दै ति युवा खोलातिर हेर्दै दगुरिरहेका थिए । आकाश झन दर्किरहेकाे थियो ।
खाेलाे घुम्दै बिजुली बजारकाे पुल तिर लाग्याे । ती युवा पनि रन्किदै त्यतै लागे ।

अब थापागाउँ अनि हनुमानथान जोड्ने पुल पनि कट्यो । बाटो छेवैका मानिसहरु बाटो तरेर खोलाको किनारमा आए । तुलराज , निर्जन, अनि देवले एकजनालाई खोलाबाट माथी तान्दै थिए । भेला भएका मानिसहरुको सानो झुण्डले उनिहरुलाई सघाईरहेका थिए ।
लगभग ५०० मिटरको दुरीमा ट्याक्सी चालक उर्गेन लामाको उद्धार भयो । ती युवाले बाटो छेवैको पसल बहिरको बेन्चमा उर्गेनलाई बसाले ।
उद्धार गर्ने युवाहरुसंग फोन छैन रहेछ सायद । प्रहरीलाई फोेन गर्दिन अरुलाई गुहार गर्दै थिए ।
काधमा झोला बोकेका एक जनाले प्रहरीलाई फोन गर्दिए । केही समयमै सिहंदरबार प्रहरी बिटको टोली आईपुग्यो । तुलराज वि.क, निर्जन वि.क अनि देव वि.सीको मुहार खुसी थियो । उनिहरुले कसैको ज्यान बचाउन सफल भए ।

तस्विरमा तुलराज वि.क, निर्जन वि.क अनि देव वि.सी ।
बाच्ने आशा गुमाईसकेका उर्गेनलाई शारिरीक रुपमा कुनै चोट लागेको थिएन् । तर मानसिक रुपमा भने उनी बिहोसी हालतमा देखिन्थे ।
ट्याक्सी सहित बगेका उर्गेनलाई आफ्नो भन्दा ट्याक्सीको माया रहेछ सायद । उनी प्रहरीलाई सानो स्वरमा सोध्दै थिए , ‘ ट्याक्सी भेटियो सर ?’
केहीबेरको खबर पछि उनको ट्याक्सी थापाथलीको बागमती नदिमा मिसिने दोभान नजिक भेटिएको जानकारी आयो । उर्गेनले प्रहरीलाई एउटा नम्बर टिपाए र सो नम्बरमा फोन गर्दिन अनुरोध गरे ।

तस्बिरमा भाइ छेवाङलाई फाेन गर्दै उर्गेन लामा ।
त्यो नम्बर उनका भाइ छेवाङ लामाको थियो । महिना दिन अघी मात्र भाइ छेवाङ लामा र उनले साझेदारीमा सो बगेको ट्याक्सी किनेका रहेछन् । ट्याक्सी बगेको जानकारी भाइलाई कसरी दिने उनी सोच्दै थिए ।
त्यतिकैमा फोन लाग्यो । उता छेवाङकाे फोन उठ्यो । तर उनी आफैले फोन काटे । सायद उनले भाइलाई के भन्ने भनेर सोच्न सकिसकेका थिएनन् ।
बा. २ ज १७९२ काे हराएकाे ट्याक्सी भेटिदा अंगभंग अवस्थामा भेटियाे । न चलाएर लान मिल्ने न छाेडेर जान मिल्ने । उर्गेन उदास थिए ।