नुवाकोटमा एउटै घरबाट २४ जनाको शव फेला

दियोपोस्ट संवाददाता

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० मा एउटै घरबाट २४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोजी तथा उत्खनन गर्ने क्रममा एक घरबाट २४ जनाको शव निकालेका हुन् ।

फेला परेका शवमध्ये १३ जना महिला, १० जना पुरुष र एक बालकको रहेको प्रहरीले जनाएको छ । उनीहरूको हालसम्म पहिचान खुल्न सकेको छैन ।

शवहरू पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

सम्बन्धित खबर