
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रेक्टरमा प्रा.डा.अन्जना सिंह नियुक्त भएकी छन् । त्रिविका उपकुलपति प्रा.डा.भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार सिंहलाई रेक्टरमा नियुक्त गरेका हुन् ।
त्यस्तै, त्रिविको रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नवनियुक्त रेक्टर सिंह र रजिस्ट्रार सिवाकोटीलाई मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्र लिन बोलाइएको छ ।
यसअघि त्रिविको निमित्त रजिस्ट्रारको जिम्मेवारी प्रा.डा.महानन्द चालिसेले सम्हाल्दै आएका थिए भने रेक्टरमा प्रा.डा.शंकर खनाल थिए ।
नयाँ नेतृत्व नियुक्तिसँगै त्रिविको प्रशासनिक तथा शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ ।