भोटेकोशी बाढीका शव काठमाडौँ र पोखरामा व्यवस्थापन गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका शव काठमाडौँ र पोखरामा व्यवस्थापन गर्न थालिएको छ । तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट पोखरा ल्याइएका १०२ शवमध्ये १९ जनाको पहिचान भएको छ भने बाँकी ८३ शवको डीएनए नमुना संकलन गरी व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

पहिचान हुन नसकेका शव पोखरा-१६ स्थित सेती नहरछेउको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । यस्तै, काठमाडौँमा पनि सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।

बाढी आएको तेस्रो दिनमै शवगृहको क्षमता नपुगेपछि शव व्यवस्थापनमा समस्या भएको थियो ।

सम्बन्धित खबर

सिफारिस