विपद् उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नागरिक लगानी कोषले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे र निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।

सम्बन्धित खबर

सिफारिस