
काठमाडौँ । रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले नबिल बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सोमबार त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए । बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
संकलित रगत सम्बन्धित रक्तसञ्चार सेवामार्फत आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रका बिरामीको उपचारमा प्रयोग गरिने बैंकले जनाएको छ।