बाढीपहिरोका कारण करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित गरेको छ । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा गएको बाढीपहिरोका कारण आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत हुने विजेता घोषणा कार्यक्रम स्थगित गरेको हो ।

विभागले आज मंगलबार अर्थात् २०८३ भदौ १६ गते हुने भनिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

स्थगित कार्यक्रमसँगै आगामी पन्ध्रदिने अवधिको उपहार विजेता छनोटसमेत २०८३ असोज १ गते गरिने विभागले जनाएको छ। उक्त छनोटमा भदौ महिनाभरका खरिद बीजकका कुपनहरू समावेश गरिने र दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागको सूचनामा उल्लेख छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।

सम्बन्धित खबर