भारतले पाँचौँ विमानमार्फत ११ सदस्यीय उद्धार टोली र ५.५ टन औषधि पठाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा बाढी तथा पहिरोबाट भएको विपद्मा सहयोग पुर्‍याउन भारतले थप राहत सामग्री र जनशक्ति नेपाल पठाएको छ।

भारतीय विदेशमन्त्री डा.एस.जयशंकरले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार भारतबाट पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको हो । उक्त विमानमा ११ सदस्यीय विशेष उद्धार टोली रहेको छ।

भारतले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि अत्याधुनिक मेसिन तथा उपकरणसमेत पठाएको छ । यस्तै, विपद्का कारण प्रभावित क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्यालाई लक्षित गरी ५.५ टन अत्यावश्यक औषधि पनि नेपाल पठाइएको जनाइएको छ।

नेपालमा बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला भारतले निरन्तर राहत तथा उद्धार सहयोग उपलब्ध गराउँदै आएको छ। यसअघि पनि भारतले विभिन्न चरणमा राहत सामग्री, खाद्यान्न तथा प्राविधिक सहयोग नेपाल पठाइसकेको छ।

सिफारिस