बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

इन्स्योरेन्सले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ र कम्पनीका सञ्चालक तथा कर्मचारीको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति कम्पनीले श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कम्पनीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ

सम्बन्धित खबर