काठमाडौँ महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको हो ।

समितिले तोकेको ढाँचाअनुसार निवेदन फाराम भरी २०८३ जेठ १८ गतेदेखि ३५ दिनभित्र आफू बसोबास गर्दै आएको वडा कार्यालयमार्फत निवेदन पेस गर्न सूचित गरेको हो।

समितिका अनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने उद्देश्यले निवेदन संकलन प्रक्रिया अघि बढाइएको हो।

सिफारिस