कृष्णभीरको पहिरो पन्छाउन काम सुरु, दुवैतर्फबाट जनशक्ति र उपकरण परिचालन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र पारिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिरो पन्छाउन दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरिएको छ । उनीहरूले अहिले रुख कटानको काम गरिरहेका छन् । पहिरो हटाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवैतर्फ तयारी अवस्थामा राखिएको जनाइएको छ ।

रुख कटानको काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम अघि बढाइने मन्त्री लम्सालले बताए ।

सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।