
काठमाडौं । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार गर्ने क्रममा उनीहरूलाई सकुशल बाहिर निकालिएको हो ।
सुरुङबाट जीवितै उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन रहेका छन् ।
सुरुङबाहिर ल्याइलगत्तै नेपाली सेनाको टोलीले उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्थलगत रूपमा नै प्राथमिक उपचार गरिरहेको छ ।
उनले जीवित उद्धार गरिएका व्यक्तिको तस्बिर पनि फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
