त्रिशूली थ्री ए को टनेलभित्र रहेका सबै सकुशल रहेको जानकारी, उद्धारलाई तीव्रता

दियोपोस्ट संवाददाता

काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको टनेलभित्र रहेका सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ । शुक्रबार बिहान एक जनाको उद्धार भएपछि उनले दिएको सूचना अनुसार सबै सकुशल रहेका छन् ।

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले शुक्रबार बिहान मेकानिकल इन्जिनियर सञ्जय साहको सकुशल उद्धार गरेको थियो ।

साहले दिएको सूचनाको आधारमा टनेलभित्र रहेका सबै सकुशल रहेका छन् ।

अहिले अन्य व्यक्तिहरूको उद्धारको काम भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस