
काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि एक जनाको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले आज बिहान सुरुङभित्र फसेका सञ्जय साहलाई सकुशल उद्धार गरेको हो ।
लामो समयदेखि सुरुङभित्र रहेका साहलाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।
उद्धारपछि साहले सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि जीवितै रहेको बताएका छन् । उनको भनाइपछि उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई थप तीव्रता दिएको छ ।
बाढी तथा पहिरोका कारण सुरुङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बने पनि टोलीले निरन्तर खोजी गरिरहेको छ ।