
काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये कीर्तिपुर पाँगाका कबिर महर्जनको पनि जीवितै उद्धार गरिएको छ ।
उद्धार टोलीले महर्जनलाई सुरुङबाट सकुशल बाहिर निकाल्न सफल भएको हो । यससँगै सुरुङभित्र फसेकामध्ये जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।
यसअघि आज बिहान सुरुङभित्र फसेका सञ्जय साहलाई सकुशल उद्धार गरिएको थियो । सुरुङभित्र अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।