को हुन्, त्रिशूली-३ ‘ए’को सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जय साह र कविर महर्जन ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको सकुशल उद्धार गरिएको छ ।

सुरुङभित्रबाट उद्धार हुनेमा सप्तरीका ३२ वर्षीय सञ्जिव सञ्जय साह र पाँगा किर्तिपुरका कविर महर्जन रहेका छन् । दुवै जना आयोजनामा कार्यरत प्राविधिक कर्मचारी हुन् ।

साह त्रिशूली-३ ‘ए’मा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । भोटेकोशीमा आएको बाढीपछि उनीहरू सुरुङभित्रै अड्किएका थिए ।

उनीहरूलाई आज उद्धार टोलीले सकुशल आज बिहान बाहिर निकालेको हो । उद्धार गरिएका दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बाढीपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको उद्धार कार्यसमेत जारी रहेको बताइएको छ । आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस