जीवितै उद्धार गरिएका २ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी आएको १० दिनपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले उद्धार गरिएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको बताए ।

थापाले दियोपोस्टसँग भने, ‘बाढी आएको १० औँ दिनमा भदौ १९ गते बिहान रसुवा स्थित त्रिशूली थ्री ए बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ ।’

सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको समेत उद्धारको प्रयास भइरहेको थापाले बताए ।

सम्बन्धित खबर