उद्धार गरिएका कर्मचारीको अक्सिजन सिलिण्डर बोकेर उद्धारस्थलमै खटिए गृहमन्त्री गुरुङ

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीको उद्धारमा गृहमन्त्री सुधन गुरुङ पनि प्रत्यक्ष रूपमा खटिएका छन् । नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट जीवितै बाहिर निकालेका दुई जना कर्मचारीलाई सुरक्षित स्थानतर्फ ल्याउने क्रममा गृहमन्त्री गुरुङ आफैं अक्सिजन सिलिण्डर बोकेर उद्धार कार्यमा सहभागी भएका हुन् ।

सुरुङभित्र फसेका व्यक्तिको आवाज सुनिएपछि उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको थियो । त्यसक्रममा नेपाली सेनाको टोलीले सुरुङभित्र रहेका कर्मचारीसम्म पुगेर उनीहरूको उद्धार गरेको हो ।

उद्धार कार्यको अवस्था बुझ्न गृहमन्त्री गुरुङ शुक्रबार बिहान आयोजनास्थल पुगेका थिए । घटनास्थल पुगेपछि उनले उद्धारमा संलग्न सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँग समन्वय गर्दै उद्धार कार्यमा प्रत्यक्ष सहभागिता जनाएका हुन् ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा उद्धार कार्य जारी रहेको बताइएको छ । उद्धार टोलीले सुरुङभित्रबाट मानिसको आवाज आएपछि त्यसतर्फ केन्द्रित भएर खोजी तथा उद्धारलाई थप तीव्र बनाएको छ ।

सम्बन्धित खबर

सिफारिस