
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको विद्युत् गृहमा अझै ४२ जना फसेको अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् गृहका इन्जिनियर तथा अन्य कर्मचारी रहेका रहेका छन् ।
उद्धार टोलीले आज बिहान सुरुङभित्रबाट नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जनलाई सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिसकेको छ ।
उनीहरूलाई सुरुङबाट बाहिर निकालेर उपचारका लागि पठाइएको छ । घटनापछि सुरुङभित्र फसेका अन्य इन्जिनियर तथा कर्मचारीको खोजी तथा उद्धार कार्यलाई पनि तीव्रता दिइएको छ ।
उद्धार गरिएका दुई जनासँगै सुरुङभित्र फसेकाहरूको अवस्था र स्थानबारे थप जानकारी लिने प्रयास भइरहेको छ । बाँकी ४२ जनाको उद्धारका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।