बाढी प्रभावित रसुवामा पुगे कांग्रेस सभापति थापा, क्षतिको स्थलगत निरीक्षण

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन् ।

थापासहितको टोलीले नौकुण्ड गाउँपालिका-३ घिचेत पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । यसअघि थापा १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका-३ पुगेका थिए ।

बिहीबार थापाले पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्थाका आधारमा बाढीबाट भएको क्षतिको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए ।

भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

सम्बन्धित खबर

सिफारिस