त्रिशूली-३ ‘ए’ को सुरुङबाट एक शव निकालियो, अन्यको उद्धार कार्य जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धारकर्मीहरूले एक जनाको शव निकालेका छन् । सुरुङभित्र फसेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले एक जनाको शव निकालेका हुन् ।

यसअघि उद्धारकर्मीहरूले दुई जनालाई भने जीवितै बाहिर निकालेका थिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको अनुमान छ ।

सुरुङ तथा भूमिगत विद्युत् गृह क्षेत्रमा अझै कोही फसेका छन् कि छैनन् भन्ने यकिन गर्न उद्धार टोलीले खोजी अभियानलाई निरन्तरता दिएको छ । सम्भावित थप व्यक्तिको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको टोली परिचालित छ ।

सम्बन्धित खबर

सिफारिस